किशोरीमाथि पटक–पटक जबरजस्ती करणी, युवक पक्राउ

वीरगञ्ज। एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पर्साबाट एक युवक पक्राउ परेका छन् । पीडित किशोरीको उजुरीको आधारमा बहुदरमाई नगरपालिका–२ पिपराका २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

विवाह गर्ने, जागिर लगाई दिने जस्ता आश्वासन दिएर १४ असारमा उनले किशोरीलाई घरमै गएर जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछि उनले सखुवाप्रसौनी गाउँपालिका–४ को बाँसघारीमा लगेर समेत पटक–पटक जबरजस्ती करणी गरेको बयान किशोरीले दिएकी छन् ।

 
 
  
 

You may also like