पदभार ग्रहण गर्दै मन्त्री भुसालले भनिन् , ‘लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं’

काठमाडौं। नव नियुक्त ऊर्जामन्त्री पम्फा भुसालले अहिले लोडसेडिङको समस्या जल्दोबल्दो रुपमा रहेको भन्दै अब कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी छिन् ।

आज बुधबार) (मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूबाट काममा कुनै पूर्वाग्रह नरहने भन्दै आफ्नो जोड परिणाममुखी कामतर्फ भएको बताइन् । ‘काममा कुनै पूर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नु पर्छ’, उनले भनिन्, ‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं । बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्‍याउनु पर्छ ।’

उनले आफूमा एक मात्रै स्वार्थ कसरी नतिजा निस्कने गरी काम गर्ने भन्नेतर्फ रहेको उल्लेख गर्दै भनिन्, ‘जनताको छोरी हुँ, जनताको जनयुद्धबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छ, मिलेर काम गरौं, जनताका काम गरौं मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’ कृषि प्रधान देश भनिए पनि देशमा सिंचाईको समस्या ठूलो रहेको बताउँदै उनले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिंचाई पुर्‍याउनेमा लागि पर्ने बताइन् ।

 
 
  
 

You may also like