खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा दुई जनाको गयो ज्यान

उदयपुर। उदयपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगै परेको चट्याङले दुई जनाको मृत्यु भएको हो ।

चट्याङले लागेर ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरुलाई घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो । चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like