पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

काठमाडौं । आज (मंगलबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ ।

महाशाखाका अनुसार बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like