उच्च अदालत इलाममा कार्यरत महिला कर्मचारी मृत फेला

इलाम । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छिन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।

पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए ।

 
 
  
 

You may also like