योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत, कार्यदललाई दिए वधाइ

काठमाडौं । नेकपा एमालेका दुई पक्षबीच एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमतिप्रति माधव नेपाल पक्षका नेता योगेश भट्टराईले स्वागत गरेका छन् ।

हिजो (आइतबार) १२ घण्टा निरन्तर वार्तापछि कार्यदलका सदस्यबीच आइतबार राति १० बुँदे सहमति भएको हो । त्यसको भोलिपल्ट सोमबार बिहानै नेता भट्टराईले सहमतिप्रति खुशी प्रकट गर्दै वार्ता टोलीका सदस्यलाई बधाई र धन्यवाद ज्ञापन गरेका हुन् ।

उनले भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य छ । यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरूको युगीन कार्यभार बनेको छ । वार्ता समितिका सबै कमरेडहरूलाई हार्दिक बधाई तथा धन्यवाद छ ।’

 

 
 
  
 

You may also like