मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । सडक खण्डको कालीखोला नजिकै बिहान साँढे ६ बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

पहिरो सफा गरेर सवारी सुचालु गराउन ६ देखि ७ घण्टा समय लाग्ने अनुमान गरिएको छ । यो वर्षको मनसुन शुरु भएसँगै मुग्लिन–नारायणगढ सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

 
 
  
 

You may also like