चितुवाको आक्रमणबाट ११ भेडा मरे

नवलपुर। जंगलबाट बस्तीमा छिरेको चितुवाको आक्रमणबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुका एक जना किसानको भेडागोठ नै रित्तिएको छ ।

मध्यविन्दु–१, अभियनकी कृषक मनकुमारी महतोले गोठभित्र थुनेको १५ भेडामध्ये ११ वटा भेडा चितुवाको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले चितुवाको आक्रमणबाट गोठमा रहेका अन्य चार वटा भेडा गम्भीर घाइते भएका बताए ।

चितुवाको आक्रमणबाट भेडागोठ नै रित्तो भएपछि महतो पीडामा छिन् । स्थानीय गणेश महतोले चितुवाको आक्रमणबाट दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताए । कच्ची गोठ भएकाले सजिलैसँग चितुवा गोठभित्र छिरेर भेडालाई आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like