दार्चुलामा पहिरोले पुरेर तीन जनाको मृत्यु, बाढीले विद्युत आयोजना र चार वटा पुल बगायो

दार्चुला। दार्चुलामा पहिरोमा पुरिएर आज (बिहीबार) तीन जनाको ज्यान गएको छ । दार्चुलाको नौगाढ गाउँपालिका–३ मा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको ज्यान गएको हो ।

यस्तै पहिरोमा परेर स्थानीय २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टका अनुसार नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खारखोला दोस्रो लघुजलविद्युत् आयोजना पनि बाढीले बगाएको छ ।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन वटा निर्माणाधीन पुल समेत बगाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट आठ घण्टाको दूरीमा रहेको र थप प्रहरी टोली पुग्ने क्रममा रहेको डीएसपी भट्टले बताएका छन् ।

 

 
 
  
 

You may also like