१,२८६ ले जिते कोरोना, १,८७५ नयाँ थपिए, २९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा अहिले कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५,३७४ जनाको पीसीआर परीक्षण गर्दा १,२१८ जना र ५,१३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६५७ जना गरी १,८७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ५१ हजार ३८० जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ४१ हजार ४६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण थप २९ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९,३२० पुगेको छ । अहिले नेपालमा २७ हजार १७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

 
 
  
 

You may also like