बाढीले सडक बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी। बाढीले सडक बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

बाढीले सडकको ह्युमपाइप बगाएपछि आज बिहानदेखि अवरुद्ध भएको हो । ड्राइभर्सन निर्माण गरेर यातायात सञ्चालनको तयारी भइरहेको गिरीले बताए । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माणको काम भइरहको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ । जसका कारण अत्यावश्यक कामले हिँडेका यात्रीहरुले सास्ती पाएका छन् ।

 

 
 
  
 

You may also like