बौद्धबाट आठ महिलासहित २८ जुवाडे पक्राउ, १४ लाख बरामद

काठमाडौं । काठमाडौंको बौद्धबाट आठ महिलासहित २८ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।

बौद्धको सिमलटारस्थित वाङचु शेर्पाको घरमा जम्मा भएर जुवा र कौडा खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरु पक्राउ परेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । उनीहरुको साथबाट १४ लाख ५९ हजार नेपाली रुपैयाँ, ११ हजार ४ सय भारु, १ लाख र ८० हजारको दुई थान चेक, ३० थान कौडा र १३ थान तासबुक समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा जुवा खेलाउने ४० वर्षीय लालबहादुर बिक, धादिङका ३७ वर्षीय मानबहादुर तामाङ, दोलखाका ४१ वर्षीय अशोक घिसिङ, बौद्धका २४ वर्षीय रन्जित खड्गी, कुमारीगालका ३३ वर्षीय अमरबहादुर गुरुङ, रामहिटीका ४७ वर्षीय पुरुषोत्तम चालिसे र रसुवाका २६ वर्षीय प्रकाश घले रहेका छन् ।

यस्तै कीर्तिपुरका ४२ वर्षीय कृष्णचरण विक, बूढानीलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा, बौद्धका ४९ वर्षीय प्रविन लामा, सिन्धुपाल्चोकका ३६ वर्षीय वाङचु शेर्पा, बौद्धका रिन्जेन लामा, कपनका ३६ वर्षीय पासाङ शेर्पा, जोरपाटीका २१ वर्षीय सम्राट लामा र बौद्धका ३८ वर्षीय चन्द्र लामा पनि पक्राउ परेका छन् ।

मकवानपुरका ३३ वर्षीय चिनकुमार गोले, बौद्धका ४२ वर्षीय राजन लामा, सिन्धुपाल्चोकका ४१ वर्षीय अशोक गिरी, दोलखाका ३५ वर्षीय विकास तामाङ, चितवनका ४७ वर्षीय जगतबहादुर गुरुङ, चितवनकी ३५ वर्षीया रेखा गुरुङ, काभ्रे ३८ वर्षीया लक्ष्मी घलान बानिया, काठमाडौं थलीकी २५ वर्षीया गीता लामा, चितवनकी ४२ वषीया ओममाया गुरुङ, गौशालाकी ५० वर्षीया सुशीला श्रेष्ठ, धादिङकी ३० वर्षीया सरिता मल्ला गुरुङ, धादिङकी रन्जिता शाक्य र चितवनकी ३२ वर्षीया शान्ति लामा पनि पक्राउ परेका छन् ।

 
 
  
 

You may also like