१,५६५ ले जिते कोरोना, २,६३४ नयाँ थपिए, १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५६५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ६ लाख नाघेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,६३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा एक हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

 
 
  
 

You may also like