ट्रकले दुईटा स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु, तीन घाइते

चितवन ।भरतपुरमा ट्रकले दुईटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।दुर्घटनाका कारण देवघाट गाउंँपालिका–१ का निनिमायाँ पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–११ का पुष्पराज बास्तोला, तनहुँ देवघाट गाउंँपालिका–५ का तिलबहादुर गुरुङ र सोही ठाउँका सिरु गुरुङ रहेकी छन् । बास्तोलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो ३ बजेतिर भरतपुर महानगरपालिका–१ आँपटारीस्थित पानी ट्याङ्की ओरालोमा नारायणगढबाट लमजुङतर्फ गइरहेको ग १ ख ९७५६ नम्बरको (फलाम लोड) ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

वागमती प्रदेश ३–००३ प ३५४३ नम्बरको स्कुटर पछाडि सवार जिल्ला तनहुुँ देवघाट गाउँपालिकाका पौडेलको घट्नास्थलमा नै मृत्यु भएको र उनको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिए । सोही स्कुटर चालक बास्तोला गम्भीर घाइते भएका हुन् ।

 
 
  
 

You may also like