रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते

रुकुम। रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले ठक्कर दिएको बिषयलाई लिएर युवाहरुको दुई समूहबीच झडप भएको थियो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका हुन् ।

उनका अनुसार घटना स्थल डोल्पाको सीमानामा पर्ने अति विकट गाउँमा हो । हिजो साँझै चाहनेहरुलाई सदरमुकामका अस्पतालमा ल्याउन खोजिए पनि त्यहाँ हेलिकप्टर समेत बस्ने नसक्ने भएपछि स्थानीयले स्ट्रेचरमा राखेर जिल्ला अस्पताल लगेको प्रहरीले जनाएको छ ।

 

 
 
  
 

You may also like