कपिलवस्तुको महाराजगंज नगरपालिकाको सर्हानिय कार्य , नि:शुल्क औषधि सहित उपचार

इमरान खान
कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिकाले नगर भित्र रहेका उच्च रक्तचाप र मधुमेह (सुगर) रोगका बिरामीहरुको उपचार सहीत निःशुल्क औषधी बितरण गर्ने अभियानको सुरुवात गरेको छ ।

“स्वास्थय जीवनको आधार महाराजगंजको सरोकार ” भन्ने नारासहीत नगरपालिका– १० स्थित हदौना स्वास्थ्य चौकीबाट सो अभियान शुभारम्भ गरिएको हो ।

यससंगै अब देखि नगर क्षेत्र भित्र रहेका उच्च रक्तचाप र (मधुमेह) सुगरका बिरामीले मासिक रुपमा एक पटक स्वास्थ्य जाच सहीत औषधी निःशुल्क समेत पाउनेछन ।

उक्त अभियानको महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले उदघाटन गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतमा राखेको बताए ।

 
 
  
 

You may also like