तेह्रथुममा बाढीले निर्माणाधीन पुल बगायो

तेह्रथुम । लगातारको वर्षापछिको बाढीले पुष्पलाल राजमार्ग अन्तर्गत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका जोड्ने खोरुङ्गा खोलाको निर्माणाधीन मोटोरेबल पुल बगाएको छ ।

अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएको हो । २०७३ सालमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा बिगत ६ वर्षदेखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा पुर्‍याएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा ४ करोड ९६ लाख रुपैयाँमा ३५ मिटर पुल निर्माणको जिम्मा दिइएको थियो । असार मसान्तसम्ममा पुलको ढलान सक्काउने तयारी रहेको निर्माण कम्पनी सप्तकोशी जलधार निर्माण सेवाले जनाएको छ ।

 
 
  
 

You may also like