नेपाली काङ्ग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको सवारी दुर्घटनामा मृत्यु

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीका भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी डा. शंकरको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

अन्दाजी ५०/५२ वर्षिय भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थानमा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भिर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मंगलबार साझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको छ ।

 
 
  
 

You may also like