दाङमा यात्रुबहाक बस दुर्घटना , घाईते हुनेको संख्या २८ पुग्यो

तुलसीपुर ।दाङको  राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा घाईते हुनेको संख्या २८ रहेको छ ।

राप्ती प्रादेशिक अस्पतालमा अहिले २८ जना घाईतेहरु भर्ना भएको प्रहरीले बताएको छ । उनीहरुको अबस्था सामान्य छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखोलामा मंगलबार बेलुका साढे ६ बजेतिर रा १ ख २४३९ नम्वरको बस दुर्घटनामा परेको हो ।

सल्यानबाट बाँके जाँदै गरेको उक्त बस सडक देखि झन्डै ५० मिटर तल खसेको छ । गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । गाडीमा करिब ३५÷३६ यात्रु भएको हुन सक्ने प्रहरीले बताएको छ ।

घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like