डेल्टा प्लस भेरियन्टबाट भारत तमिलनाडुमा एक व्यक्तिको मृत्यु, महाराष्ट्रमा २० संक्रमित

नयाँदिल्ली। कोरोनाको डेल्टा प्लस भेरियन्टका कारण भारतको तमिलनाडुमा एक व्यक्तिको मृत्यु भएको छ । यो राज्यमा डेल्टा प्लस भेरियन्टबाट पहिलो पटक मानिसको ज्यान गएको हो । त्यहाँको स्वास्थ्य विभागका अनुसार मदुरई शहरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ ।

यस राज्यका स्वास्थ्य मन्त्री सुब्रमणियनले शनिबार दिएको जानकारी अनुसार त्यहाँ ३ जनामा डेल्टा प्लस भेरियन्टको संक्रमण पुष्टि भएको छ । जसध्ये एकको मृत्यु हुँदा दुई निको भइसकेका छन् ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा प्लस भेरियन्टबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित छ । त्यहाँ २० व्यक्तिमा यो भेरियन्ट देखिएको जनाइएको छ । बीबीसी हिन्दी

 
 
  
 

You may also like