कालीगण्डकी तिनाउ डाईभर्सनको कार्यलय स्थापना

बुटवल ।शनिबार बुटवलमा कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले १५ बर्षदेखि परिकल्पनाको रूपमा रहेको आयोजनाले मूर्तरूप लिन लागेको बताए ।

जलश्रोत मन्त्री समेत रहेका पौडेलले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन कार्यालयको स्थापना गरिएको बताउँदै कालिगण्डकीको पानी तिनाउमा ल्याउने कुरा अब सपनाको कुरा नरहेको बताए ।

उनले भने-‘कालिगण्डकी-तिनाउ अब सपनाको विषय रहेन । कार्यान्वयनका रूपमा अघि बड्छ । यो मुलुककै लागि खुशी र गर्वको कुरा हो ।’

साथै मन्त्री पौडेलले यो परियोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ्ने जानकारी दिए ।

आयोजना कार्यान्वयनका कार्यालय स्थापना भएपछि लामो समयदेखि अलमलमा रहेको परियोजनाले अब गति लिने छनक देखिएकोे छ ।

कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ ।

 
 
  
 

You may also like