मेलम्चीमा फेरि बाढी, हेर्दादेर्दै ढल्यो तीन तले घर

सिन्धुपाल्चोक । आज (शनिबार) विहानदेखि शुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन् ।

विहानैदेखि परेको बर्षाका कारण इन्द्रावती मेलम्ची खोलाले भर्खरै मेलम्ची–११ का गोपाल दुलालको तीन तले पक्की घर ढलेको छ । खोलाको बहाव बढेपछि आज बिहान मात्र खोलाले दुलालको तीन तले पक्की घर बगाएको हो ।

स्थानीय पत्रकार देवराज सुवेदीले फेसबुकमा फोटो राख्दै आज विहानै मेलम्चीले दुलालको घर ढालेको जानकारी गराएका छन् । वर्षा शुरु भएपछि बाढी र पहिरोले मेलम्ची बजार डुबानमा परेको छ भने धेरै जना विस्थापित भएका छन् । आज देशका धेरै स्थानमा पानी पर्ने र पाँच वटा प्रदेशमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ । फेरि मेलम्चीमा पानीको वहाव बढ्न थालेपछि स्थानीयमा त्रास छाएको छ ।

 
 
  
 

You may also like