वीपी प्रतिष्ठानमा थप तीन संक्रमितको मृत्यु

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा उनीहको उपचार भइरहेको थियो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान–११ का ७५ वर्षीय पुरुष, धरान–१३ का ४३ वर्षीय महिला र धरान–५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा मृत्यु भएका तीनै जनामा विभिन्न दीर्घरोगको समस्या रहेको पोखरेलले बताएका छन् । योसँगै धरान उपमहानरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

 

 
 
  
 

You may also like