रुपन्देहीमा १ हजार ५३ जनामा डेंगुको संक्रमण, यो संख्या अझै बढ्न सक्ने

by समतल अनलाइन

काश खनाल
बुटवल, १३ असोज । रुपन्देही जिल्लामा डेंगुको संक्रमण बढ्ने क्रम जारी रहेको छ । जिल्लामा डंगु संक्रमण हुनेको १०५३ पुगि सकेको सरकारी तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले अहिले सम्म रुपन्देहीमा डेंगुको संक्रमण हुनेको संख्या १०५३ पुगेको बिवरण प्राप्त भएको बुटवल अनलाइन लाइ जानकारी दिए । रुपन्देहीमा यस बर्ष पहिलो पटक गत साउन ३१ गते एकै दिन ४ जनामा देखिएको डेंगुको संक्रमण आज सम्म आइपुग्दा १०५३ पुगेको हो ।

यद्यपी सो बिबरणमा जिल्लाका सबै अस्पतालहरुको एकिन तथ्याङ्क समावेश भएको छैन । सो तथ्याङ्क बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगायत जिल्लामा सञ्चालित केही ठुला अस्पतालमा परिक्षण गराएका बिरामिहरुको मात्रै हो ।

बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले सम्म २५० बढि डेंगु संक्रमितहरुको उपचार भएको अस्पतालका मेडिकल रेकर्डर सहायक चन्द्रकान्त महतोले बताए । आइतबार र सोमबार मात्रै अस्पतालमा ३० जना डेंगु संक्रमित बिरामि फेला परेको उनले जानकारी दिए ।

 
 
  
 

You may also like