बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, वौद्धबाट एक युवक पक्राउ

काठमाडौं । विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले सन्तोषीको हत्या अभियोगमा काठमाडौं वौद्धबाट अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको हो ।

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले शुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।
दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए ।

स्थानीय महिला आत्तिएर त्यहीं नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो । महानगरीय प्रहरी परिसर महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । ‘उनले शुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षत विक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।

 

 
 
  
 

You may also like