यूरोकपको अन्तिम १६ मा इङल्याण्ड र जर्मनी भिड्ने

काठमाडौं । यूरोकपको अन्तिम १६ मा इङल्याण्ड र जर्मनी भिड्ने भएका छन् । बुधबार राति हंगेरीलाई समूह चरणको अन्तिम खेलमा २–२ को बराबरीमा रोक्दै जर्मनीले नकआउट चरणमा इङल्याण्डको भेट पक्का गरेको हो ।

दुई पटक पुनरामगन गोल गर्दै जर्मनी अघिल्लो चरणमा प्रवेश गर्दा हंगेरी भने बाहिरिएको छ । हंगेरीका अदान स्जिली र आन्द्रेस स्काफरले एक एक गोल गर्दा जर्मनीका काई हाभार्जट र लियोन गोरिट्स्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

जितसँगै जर्मनीले समूह एफको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्‍यो । यस समूहबाट फ्रान्स विजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

 
 
  
 

You may also like