कुटपिटबाट महिलाको मृत्यु, श्रीमान पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ ज्यान गएको छ ।

उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवास अस्पताल महोत्तरी लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले रविलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 
 
  
 

You may also like