बुटवल। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषधाज्ञालाई खुकुलो बनाउँदै नीजि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई गत हप्तादेखि केही खुकुलो गरिएको थियो । यद्यपी निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा भने रोक लगाईएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा आज (सोमबार) बसेको बैठकले निषेधाज्ञालाई यहि यहि असारको १४ गते राती १२ बजेसम्मलाई यथावत राख्दै निजी सवारी साधनलाई जोबिजोर बनाएको हो । प्रशासनले निजी सवारी साधन २ पाङ्ग्रे र चार पाङ्ग्रेलाई जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिरोज नम्बर सञ्चालन गर्न अनुमति दिएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने पाईने छैन ।
त्यस्तैगरी भेला तथा भिडभाड हुने कार्यक्रम, जात्रा, सभा, जुलुस गर्न पाईने छैन । पाटी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम गोष्ठि, सैलुन, व्युटीपार्लर, मनारञ्जन स्थल, स्वीमिङपुल, स्पा, संग्राहलय, समुहमा खेलिने खेल, जिमखाना लगायत सञ्चालनमा पनि रोक लगाईएको छ । भौतिक रुपमा उपस्थित हुनेगरी शैक्षिक संस्था पनि सञ्चालन गर्न पाईने छैन ।
आर्थिक गतिबिधि चलायमान गराउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि माछा मासु, तरकारी फलफूल तथा दुधजन्य पसल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाईने छ । त्यस्तै अन्य व्यबसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाईने छ ।