होटलमा युवक मृत फेला

दाङ। दाङमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका–१८ निवासी हुन् ।

खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like