पोखरीको माछा मार्ने क्रममा डुबेर मृत्यु

झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५ बजेर ४० मिनेट जाँदा सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त केसीको नेतृत्वमा १८ जना नेपाली सेना, शनिश्चरे प्रहरी चौकी, बिपत ब्यवस्थापन कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय अनारमनीका गरी करिब २० जना नेपाल प्रहरी र स्थानीयबासीले पौने १२ बजेसम्म खोजतलास गरे पनि शव फेला पार्न सकेको थिएन ।

पुनः ७ गते बिहानैदेखि सोरेनको खोजी गर्दा बिहानको १० बजे शव फेला पारी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । मृतक सोरेन अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाको घरमा काम गरी उनकै घर नजिकै रहेको पोखरीमा माछा मार्ने क्रममा डुबेको प्रहरी कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like