मेलम्चीमा बाढीले ढलेको विद्युत पोलबाट करेन्ट लागेर युवकको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए ।

समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागि स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताए । मृतक मेलम्ची नगरपालिका–१ का स्थानीय हुन् ।

 
 
  
 

You may also like