सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु

संखुवासभा। संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल संखुवासभा लगिएकोमा हिजो बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

 
 
  
 

You may also like