‘सबैभन्दा शक्तिशाली मन्त्रालय’ माग्दै मनाङे प्रचण्ड निवासमा

काठमाडौं । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटेका छन् । गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय दिन माग गर्दै गुरुङले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनका निर्णायक सहयोग गरेका मन्त्री गुरुङले आफूले सबैभन्दा शक्तिशाली मन्त्रालय पाउनु पर्ने अडान राख्दै आएका छन् ।

यही अडान र मागका साथ गुरुङले गण्डकी गठबन्धनको एक दल माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको बताइएको छ । फेसबुकमा भेटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद छलफल भएको’ बताएका छन् ।

 
 
  
 

You may also like