महाकाली नदीले सतर्कता तह पार गर्‍यो, तटीय क्षेत्रमा ‘अलर्ट’ जारी

काठमाडौं। महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज (शनिबार) बिहान ६ः३० बजे सूचना जारी गर्दै विभागले भनेको छ, ‘महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय डुबान भइरहने होचा स्थानमा हुनेहरूले साँझसम्मै सतर्कता अपनाऔं ।’

महाकाली नदी अन्र्तगत डडेलधुरास्थित परिगाउँको १७८ नम्बरको जलमापन केन्द्रले मापन गरे अनुसार पानीको बहावले सतर्कता तह पार गरिसकेको छ । ५ दशमलव ८० काटेपछि सर्तकता अपनाउनु पर्ने हुन्छ भने सात मिटर पार गरेपछि खतरा तह मानिन्छ ।

 
 
  
 

You may also like