काम गर्दा गर्दै बेहोस युवाको मृत्यु

बागलुङ। बागलुङमा काम गरिरहेका बेला बेहोस भएर ढलेका युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ मा बाढीले ल्याएको हिलो माटो र पहिरोको ढुंगा हटाउने क्रममा बेहोस भएका १९ वर्षीय सागर नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

अचेत भएका नेपालीलाई उपचारका लागि अस्पताल ल्याउने क्रममै मृत्यु भएको थियो । नेपाली पर्वतको जलजला गाउँपालिका ७ घर भइ उपल्लाचौरस्थित मोटर ग्यारेजमा काम गर्दै आएका थिए ।

ससुरा यामबहादुर बिकसँगै काम गरिरहेका नेपाली दिउँसो बेहोस भएर ढलेका थिए । माटो उठाएर ठेलामा फाल्ने क्रममा ढलेकोले उनलाई करेन्ट लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रहरीले भने अहिलेसम्म उनलाई के भएको थियो भन्ने यकिन भइनसकेको बतायो । ‘के भएको थियो अहिले थाहा छैन’, प्रहरी नायव उपरीक्षक इकवाल हवारीले भने, ‘पोस्टमार्टमबाट थाहा होला ।’ घटनाको अनुसन्धान भइरहेको हवारीले बताए ।

 
 
  
 

You may also like