गण्डकी प्रदेश विपद कोषमा पाँच करोड, मुख्यमन्त्रीसहितको टोली बाढी प्रभावित मनाङ जाँदै

पोखरा, गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।
प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबारै मनाङ जाने निर्णय पनि गरेको छ ।

गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ जाने प्रवक्ता खड्काले बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन पनि दिएका छ्न् ।

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिएका थिए । प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०–१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २–२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।

 
 
  
 

You may also like