लेक लागेर एक आरोहीको मृत्यु

by समतल अनलाइन

गोरखा। मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक महिलाको लेक लागेर मृत्यु भएको छ ।

पोल्याण्डका नागरिक ५० वर्षीया रीता डोनेटा ब्याडयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

‘शनिवार विहानको घटना रहेछ, हामीले पनि राती अबेर मात्र थाहा पायौं’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले भन्नुभयो ‘त्यहाँसम्म हाम्रो प्रहरी पुग्न सक्दैन, हामीले काठमाण्डौबाट टुरिस्ट प्रहरीसँग इन्फरमेसन लिइरहेका छौं ।’

तेश्रो शिविरसम्म पुग्नुभएकी उहाँ अचानक लेक लागेर बिरामी परेपछि तल झारिएको थियो ।

आठहजार १६२ मिटर अग्लो उक्त हिमाल चढ्न १४ जनाको टोलीसँगै रीता त्यहाँ पुग्नुभएको थियो ।

‘हेलिकप्टर मार्फत शव ल्याउने बारेमा समन्वय भइरहेको छ’ एसपी अधिकारीले भन्नुभयो ।

 
 
  
 

You may also like