बुटवल- पाल्पा सडक खण्डको करिव ५० मिटर सडक बगायो

बुटवल । अविरल बर्षाका कारण बुटवल -पाल्पा सडक खण्डको तानसेन नगतपालिका -८ गौडेपुल नजिकै रहेको लगभग ५० मिटर सडक बगाएको छ।

डुम्रे खोलाको बहाव र माथिबाट आएको पहिलेले राजमार्गलाई बगाएको हो ।

मंगलवार दिइसो खोला बढ्दै गएपछी खोलाको तल्लो भागबाट कटान सुरु गरेसङै माथिबाट पनि पहिरो खसेपछी राजमार्ग बगाएको सडक डिभिजनका सुचना अधिकारी शिवु खत्रीले बताए।

अविरल वर्षाले राजार्ग मंगलवारदेखि अवरुद्ध हुदा मालबाहक सवारी साधन र अन्य यात्रुजरु अलपत्र परेका छन ।
सिद्धार्थ राजमार्ग मंगलबार बेलुकीदेखि नै अवरुद्ध भएको छ । सडकमा वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु भने अलपत्र छन् । अलपत्र यात्रु हरिबहादुर चौधरी दाङ जाने भए पनि हिजोदेखि राजमार्गमै बसेका छन् । साना ठूला सवारी साधन तराई र तराईबाट पहाड आउन सकेका छैनन् ।

 
 
  
 

You may also like