मेलम्चीको बाढी : छतमा फसेका दुई युवाद्वारा उद्धारका लागि गुहार

सिन्धुपाल्चोक। बाढीका कारण मेलम्चीको होटल रोजको छतमा दुई जना युवा फसेका छन् । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका छन् ।

उक्त होटलको छत मात्र देखिन्छ । होटलको वरिपरी खोलाले घेरेको हुनाले तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने देखिएको स्थानीयले बताएका छन् ।
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ७ जना बगाएको पुष्टि
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा हालसम्म्म सात जना बेपत्ता भएको पुष्टि भएको छ । तर, बेपत्ता हुनेको संख्या बढ्न सक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन् ।

उनका अनुसार ३ वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध बगाएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा ठूलो क्षति भएको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थल जाँदैछ । रातिको समयमा बाढी आएका क्षति बढी भएको हो । पोखरेलका अनुसार अहिले पनि जोखिम कायम छ । नदिले ठूलठूला ढुङ्गा बगाइरहेको छ ।

 

 
 
  
 

You may also like