रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना संक्रमित , चार जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार उक्त अवधिमा दुई सय ४५ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।

त्यस्तै कार्यालयले उक्त अवधिमा चार जना कोरोना संक्रमितको मृत्यु भएको जनाकारी दिएको छ ।योसँगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या छ सय १५ मा झरेको छ ।

हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ७ सय ८७ पुगेको छ भने कुल मृत्यु हुने संक्रमितको संख्या चार सय ७३ पुगेको छ ।

 
 
  
 

You may also like