बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले अपाङ्ग आश्रममा सरसफाई सामग्री वितरण गरेको छ । संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरी बुटवल देविनगर स्थित नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई सरसफाइका सामग्री हस्तान्तरण गरेको हो।
विगतका वर्षहरुमा पनि सहयोग गर्दै आएको संस्थाले अहिलेपनि सरसफाइका उपकरण अभाव भएको जानकारी पाएपछि सहयोग गरेको संस्थाका अध्यक्ष पारस मरासिनीले जानकारी दिए ।
सहयोग हस्तान्तरण गर्दै उनले आउँदा दिनहरुमा दिन दुःखीहरुको घाउमा मलम लगाउदै सामाजिक कार्यमा अग्रसर भई आवश्यक पर्दा सक्दो सहयोग गर्ने जानकारी दिए । उ
क्त सामग्री प्रापत गर्दै गरेको अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले कोरोनाको बिपत्तिमा पनि पहिलो पाइला नेपाल संस्थाले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे। सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम संस्थाकी सचिव ममता बोहराको सञ्चालन र मनिष खनालको संयोजकत्वमा भएको थियो।