गोरखामा बाढीले बगाउँदा एक जना बेपत्ता

गोरखा । गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका–२ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढीले बगाउँदा बर्दियाका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

तीन जना साथीसहित ट्रक मर्मत गर्न गएका चौधरीलाई बिहान साँढे सात बजे सो खोलामा आएको भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । अहिले स्थानीयबासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी कार्य गरिरहेको डिएसपी दाहालले बताए ।

 

 
 
  
 

You may also like