कर्णाली एमाले संसदीय दलको बैठक बस्दै

कर्णाली। कर्णाली प्रदेशमा नेकपा एमालेको संसदीय दलको बैठक आज (मंगलबार) बिहान बस्दैछ । नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो । हिजो पुनर्वहाली भएका चार संसदलाई पनि संसदीय दलको बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेको छ ।

सभामुखसहित ४० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको अवस्थामा आपसी सल्लाह गर्न वैठक बोलाइएको हो । प्रदेश सभामा विपक्षमा रहेको एमालेको २० सांसद सत्तारुढ माओवादी र कांग्रेससँग १८ सांसद मात्रै छन् । राप्रपाका एक सांसद खुलेका छैनन् ।

 

 
 
  
 

You may also like