रुपन्देहीमा निषेधाज्ञा केही खुकुलो बनाई असार ७ गतेसम्म थप

बुटवल । रुपन्देहीमा निषेधाज्ञा केही खुकुलो बनाई असार ७ गते सम्म थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त निर्णय गरेको हो ।

सार्वजनिक तथा निजि सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
जारी निषेधाज्ञा खुकुलो भएपछि अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ ।

माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रिका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यस्तै अन्य प्रकृतिका व्यबसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यबसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यबस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ ।

 
 
  
 

You may also like