बिमा रकम प्रदान

by समतल अनलाइन

बुटवल । एनआईसी एसिया बैंकले चमत्कारिक खाता खोलेका सेवाग्राहीलाई बिमा रकम प्रदान गरेको छ ।

चमत्कारिक तलव बचत खाता खोलेका सैनामैनाका घनश्याम खरेललाई स्वास्थ्य विमा वापतको रकम हस्तान्तरण गरेको हो ।

बैंकको मुर्गिया शाखा प्रबन्धक विश्वबन्धु उपाध्याय, सम्बन्ध प्रबन्धक राजु पोखरेल र एक्सपेरियन्स प्रबन्धक राजु पाण्डेले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।

खरेलले विमा वापत ३८ हजार ७ सय ५८ रुपैया प्राप्त गरेका हुन् । एनआईसी एसियाले चमत्कारिक खाता खोल्नेलाई स्वस्थ्य बिमाको सुबिधा दिएको छ ।

 
 
  
 

You may also like