बाँके। कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३ः४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी बर्दियाको राजापुर नगरपालिका–१ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी सल्यानको कालिमाटी गाउँपालिका–२ का ४६ पुरुषको शनिबार राति १२ः४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।
दाङको लमही नगरपालिका–१ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४ः१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।