श्रीमतीमाथि एसिड प्रहार

रौतहट। रौतहटको चन्द्रनिगाहापुरमा एक व्यक्तिले आफ्नै पत्नीमाथि एसिड प्रहार गरेका छन् । चन्द्रपुर ४ स्थित मनिषा सुनचाँदी पसलका सञ्चालक दिपक विकले श्रीमती दिपिकालाई एसिड प्रहार गरेका हुन् । पाखुरा र पेटमा एसिडले घाउ भएकी दिपिकाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

घरायसी विवादमा उनले पत्नीलाई शनिबार एसिड प्रहार गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने जानकारी दिएका छन् । शनिबार साँझै प्रहरीले दिपकलाई पक्राउ गरेको हो । अनुहारमा एसिड नपरेको कारण दिपिकाको अवस्था खतरामुक्त रहेको एपोलो अस्पतालका चिकित्सक एके यादवले जानकारी दिए ।

 
 
  
 

You may also like