काँग्रेस युवा नेताद्वारा निरन्तर सहयोग अभियान

बुटवल । नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र न २ अन्तरगत प्रदेश सभा (क)का सहसचिव नेत्र भट्टराईले महामारीका कारण भोकै बस्नु पर्ने अवस्थाका नागरिकहरुलाई खाध्यान्न वितरण जारी राखेका छन् ।

उनले बुटवल उपमहानगर पालिका वडा न ११ अन्तरगत प्रगतिटोलका १३ घरपरिवारलाई विहिवार खाध्यान्न वितरण गरे । घरको चुल्ह निभ्ने अवस्थामा पुगेका उनिहरलाई दाल चामल सहितको खाध्यान्न वितरण गरिएको हो ।

स्थानिय टोल समिति र पार्टिको सुचना मार्फत उनिहरुलाई राहत वितरण गरिएको नेता भट्टराईले बताए । उनले बुटवल सहित अन्य स्थानका समेत गरि १ सय भन्दा वढि परिवारलाई राहत वाँडेको बताए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि अस्पतालका विरामी र उनका आफन्तहरुलाई सहयोग गरेको भट्टराईको भनाई रहेको । बिहिवारको वितरण कार्यक्रममा काग्रेसका नेता तथा समाजसेविहरुको पनि सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like