थप ६,९५१ ले जिते कोरोना, ४,४७२ नयाँ थपिए, ९२ जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,९५१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४,४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ६ हजार १५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ७ हजार ९९० पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण विधिबाट कोभिड–१९ को संक्रमण जाँच भएको छ ।

 
 
  
 

You may also like