रुपन्देहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

रुपन्देही । रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । गए राति लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

घर नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

 
 
  
 

You may also like